दुर्गाथली – ३ मा तीन महिने मोबाइल मर्मत तालिम सुरू

Image

बझाङ  – दुर्गाथली गाउँपालिका वडा नम्बर ३ मा तीन महिने मोबाइल मर्मत तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। “सीप सिकौँ, रोजगार बनाऔँ” भन्ने उद्देश्यका साथ व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढी कैलालीको आर्थिक सहयोग तथा दुर्गाथली गाउँपालिका वडा नम्बर ३ को समन्वयमा तालिम आयोजना गरिएको हो।

वडा नम्बर ३ का अध्यक्ष रमेश बहादुर बोहराको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मोबाइल मर्मत तालिम प्रशिक्षक लेखराज सुवेदी सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा अन्य स्थानीय जनप्रतिनिधि, महिला, तालिम केन्द्रका प्रतिनिधि, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

उद्घाटन समारोहमा प्रशिक्षक तथा अतिथिहरूले सीपमूलक तालिमहरू रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै सहभागीहरूलाई अनुशासित र मेहनती भएर सिकाइलाई व्यावसायिक रूपमा प्रयोग गर्न सुझाव दिए।

यस तालिमबाट प्रशिक्षार्थीहरूले मोबाइल मर्मतसम्बन्धी आधारभूतदेखि उन्नत तहसम्मको ज्ञान हासिल गर्नेछन्, जसले उनीहरूलाई स्वनिर्भर बन्ने अवसर प्रदान गर्नेछ। कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमप्रति उत्साह व्यक्त गर्दै यस अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन । आयोजक संस्थाले तालिम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन