बझाङको बुंगलमा माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते

Image

बझाङ – बझाङको बुंगल नगरपालिका–७ डाँडागाउँमा माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते भएका छन्। घाइते हुनेहरूमा सोही ठाउँकी अन्दाजी २५/२६ वर्षीया दुर्गा देवी बोहरा र उनकी १८ वर्षीया भतिजी सुन्तली बोहरा रहेका छन्।

नयाँ वर्ष नजिकिँदै गरेको अवसरमा घर लिपपोत गर्नका लागि आज बिहान करिब ८ बजे दुर्गा, सुन्तली र सुन्तलीकी भाउजू जयन्ती गाउँकै अन्य व्यक्तिहरूसँगै नजिकै रहेको दुर्गामाडौंबाट माटो ल्याउन गएका थिए। दुर्गा र सुन्तली माटो निकाल्दै गर्दा जयन्ती बाहिर बसेकी थिइन्। सोही क्रममा माथिबाट माटोको ढिस्को खस्दा दुर्गा र सुन्तली पुरिएका थिए। जयन्तीले तत्काल उद्धार गरी उनीहरूलाई बाहिर निकालेकी थिइन्।

घटनापछि खबर पाएर घरका अन्य सदस्यहरू पुगेका थिए। घाइतेलाई स्थानीयहरूले अठपलिसम्म स्टेचरमा ल्याई बिजगडाबाट आएको एम्बुलेन्समार्फत जिल्ला अस्पताल बझाङ लगिने तयारी भइरहेको घाइतेका आफन्तजनहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्