केदारस्युँ – २ मा पर्ने इन्ढुङ्गा जलवायुमैत्री कृषक पाठशाला हावाहुरी आउँदा पूर्ण रुपमा क्षेती

Image

बझाङ – केदारस्युँ गाउँपालिका वडा नम्बर २ अन्तरगत पर्ने ईनढुङ्गा जलबायुमैत्री कृषक पाठशाला हावाहुरीले पूर्ण रूपमा क्षेती गरेकाे छ । दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा स्थापना गरिएको ईनढुङ्गा जलबायुमैत्री कृषक पाठशाला आज आएकाे हावाहुरीले पुर्णरुपमा क्षेति पुर्याएकाे हाे । यु.भि. प्लास्टिक द्वारा निर्मित टनेलमा हावाहुरीले उडाएर गरेको क्षेती भएकाे छ भने  थोपा सिँचाइ को ड्रमसमेत फुटाएको छ। साथै, प्रदर्शन प्लटमा रोपिएका बेर्ना तथा बिरुवा समेत क्षतिग्रस्त भएका छन्।

यस विषयमा स्थानीय बजार सहजकर्ता सन्जा बिष्ट र प्रदर्शन प्लटका किसान प्रेम बिष्ट ले जानकारी दिएका छन्। साथै, घटनाबारे दलित सहयोग समाजको कार्यालय र गाउँपालिकामा जानकारी गराइसकिएको उनीहरूले बताएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्