बझाङ – दुर्गाथली गाउँपालीका वडा नं. ५ का उपसचिव राज बुढाकी आमाको दुखद निधनपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आर्थिक सहयोग प्रदान गरिएको छ। बुढाकी आमा गनेउली बुढाकाे भारतबाट घर फर्कने क्रममा पलियामा भएको सडक दुर्घटनामा परि निधन भएको थियो।
सो घटनापछि एमालेका प्रदेश समिति सदस्य, जिल्ला समिति सदस्य, गाउँ कमिटी अध्यक्ष, सचिव, उपसचिव तथा अन्य सदस्यहरू मृतकको घरमै पुगेर श्रद्धाञ्जली अर्पण गर्नुकाे साथै, मृतक परिवारलाई क्रियाखर्च वाफत २९ हजार ४ सय ५० रुपैयाँ आर्थिक हस्तान्तरण गरिएको छ।
१६ दिनको पुण्यतिथिमा आयोजित कार्यक्रममा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै, एमालेका नेताहरूले परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे। पार्टीले समाजमा आपसी सहयोग र एकताको सन्देश दिँदै, पीडित परिवारलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























