बुंगल नगरपालिका – २ मा एक महिने अल्लो प्रशोधन सम्बन्धी तालिम सम्पन्न

Image

बझाङ – बुंगल नगरपालिका वडा नम्बर २ मा घरेलु तथा साना उद्योग कार्यालय र बुंगल नगरपालिकाको आयोजनामा एक महिने अल्लो प्रशोधन सम्बन्धी तालिम समापन भएको छ। वडा नम्बर २ को काेदारी बगर मा माघ २२ गतेदेखि सञ्चालन भएको तालिम आज औपचारिक रूपमा सम्पन्न भएको हो।

उक्त तालिममा स्थानीय महिलाहरू र पुरुषहरूको सक्रिय सहभागिता रहेको थियो। नगरपालिकाले स्थानीय रूपमा प्रशस्त मात्रामा पाइने अल्लोको प्रशोधन गरी कपडा बुन्ने प्रविधि सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो।

तालिममा बुंगल नगरपालिका वडा नम्बर २ का १६ जना महिला र पुरुषहरू सहभागी भएका थिए। उनीहरूलाई अल्लो प्रशोधन, सूत बनाउने प्रविधि, कपडा बुन्ने सीप तथा यसको व्यावसायिक उपयोगका सम्भावना सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरियो।

उक्त तालिमको मुख्य उद्देश्य स्थानीय नागरिकहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने, उद्यमशीलता विकास गर्ने र आयआर्जनका अवसरहरू सिर्जना गर्ने रहेको थियो। सहभागीहरूले तालिम अत्यन्तै उपयोगी भएको बताउँदै, प्राप्त सीपलाई आफ्नै उद्यममा रूपान्तरण गरी आर्थिक रूपमा सबल बन्ने विश्वास व्यक्त गरेका छन्।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मान बहादुर धामीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर २ का वडाध्यक्ष बिरे धामी रहेका थिए भने, विशिष्ट अतिथिका रूपमा वडा नम्बर २ का निवर्तमान अध्यक्ष जयमल धामी को उपस्थिति थियो।

कार्यक्रमका वक्ताहरूले यस्ता सीपमूलक तालिमहरू ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण हुने बताउँदै, भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

एक महिने अल्लो प्रशोधन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सहभागीहरूले सिकेका सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्, जसले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने र आत्मनिर्भरताको बाटो खुलाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन