बझाङ – बुंगल नगरपालिका रोजगार साखाको स्थानीय तहको रोजगार रणनीति तर्जुमा र निमार्णका लागि सरोकारवालाहरु संग रोजगार संवाद बहस , समन्वय र सहकार्य तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुंगल नगरपालिका भित्र सम्भावित रोजगार साखाको स्थानीय तहको रोजगार रणनीति तर्जुमा र निमार्णका लागि सरोकारवालाहरु संग रोजगार संवाद बहस , समन्वय र सहकार्य तथा अन्तरक्रिया कार्यक्रम आज नगरपालिकाकाे सभाहलमा सम्पन्न भएको हो । बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत माधव प्रसाद जोशीको अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा
प्रमुख अतिथि बुंगल नगरपालिकाका प्रमुख जय बहादुर धामी , विशिष्ट अतिथिमा ११ वटै वडाका अध्यक्षहरु रहनुभएकाे थियाे । रोजगार साखाको स्थानीय तहको रोजगार रणनीति तर्जुमा र निमार्णका लागि सरोकारवालाहरु संग रोजगार संवाद बहस , समन्वय र सहकार्य तथा अन्तरक्रिया कार्यक्रम बुंगल नगरपालिका रोजगार संयोजक जय बहादुर कँवरले गर्नु भएको थियोे । कार्यक्रममा बुंगल नगरपालिका भित्र रहेका रोजगारीका सम्भावित क्षेत्रहरु , स्थानीय तह भित्रहुन सक्ने आन्तरिक रोजगारीहरु , स्थानीय तह भित्र भएका रोजगारदाताको र रोजगारीको तथ्यांक , स्थानीय श्रम बजारमा आवश्यक सीप तथा सिपयुक्त जनशक्ति , तालिम तथा सिपको विवरण , बजारको माग अनुसारको आवश्यक तालिम , आन्तरिक रोजगारी सिर्जनाका लागि स्थानीय तहले गर्नुपर्ने जिम्मेवारी तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको श्रम सीप र पुँजी लगाएको पुन: एकीकरण कार्यक्रम र स्थानीय तह र रोजगार सेवा केन्द्रले श्रम र रोजगारको क्षेत्रमा गर्नुपर्ने महत्त्वपुर्ण कार्यहरुको बारेमा अन्तरक्रिया छलफल तथा बहस गरिएको थियोे । कार्यक्रममा उपस्थित जनप्रतिनिधि , विभिन्न पाटीका प्रतिनिधिहरु शिक्षक,सरोकारवालाहरुले आ – आफ्नो धारण राख्दै बुंगल नगरपालिका भित्र रहेका जडिबुटी संकलन केन्द्र , उद्योग तथा बुंगल नगरपालिका भित्र उत्पादित समाग्रीको प्रयोग गरी रोजगारीका अवसर हुन सक्ने बताउनु भयो ।उक्त कार्यक्रममा बुंगल नगरपालिका भित्र रहेका जनप्रतिनिधि , विभिन्न पाटीका प्रतिनिधिहरु शिक्षक,सरोकारवाला तथा पत्रकारहरु लगाएत सर्वसाधारणको समेत उपस्थिति रहेको थियोे ।
बुंगल नगरपालिकामा सराेकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गरियाे

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन












