बझाङ – बुंगल नगरपालिकामा यहिं फागुन १३ गतेदेखि बुंगल सांस्कृतिक महोत्सव २०८१ आयोजना हुने भएको छ। नगरपालिकाकाे आयाेजनामा महाशिवरात्रीकाे अवसर पारेर बुंगल नगरपालिका ४ बिजगडा सरस्वती माविकाे प्राङ्गणमा यहि फागुन १३ गतेबाट फागुन १६ गते सम्म बुंगल सँस्कृतिक महाेत्सव लाग्ने भएकाे हाे । उक्त कार्यक्रमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। बुंगल साँस्कृतिक महाेत्सवकाे उद्घाटन फागुन १३ गते हुनेछ । पहिलाे दिन उद्घाटन कार्क्रमामा साँस्कृतिक , छलिया , नृत्य र झाँकि प्रदर्शन राष्ट्रिय कालाकारहरु रेखा जाेशि , सुनिल नेपाली लगाएत अन्य चर्चित कलाकारहरु र स्थानिय कालाकारहरुकाे बेजाेड प्रस्तुति रहेनेछ । फागुन १४ गते भजन कृतन, राष्ट्रिय कालाकारहरु चक्र बम , रेखा जाेशि , सुनिल नेपाली , दृर्घ फुलारा , अनुप बिष्ट लगाएत अन्य चर्चित कालाकारहरु र स्थानीय कालाकारहरुकाे बेजाेड प्रस्तुति रहेनेछ भने साँझ ७ बजेदेखि छलिया , नृत्य र प्रख्यात देउडा गायक दृर्घ फुलारा र बेला राेकाया तथा अन्य प्रख्यात देउडियाहरुकाे घम्साघम्सि देउडा हुनेछ । फागुन १५ गते बिहान १० बजे देखि राष्ट्रिय कालाकारहरु चक्र बम र अनुप बिप्ट तथा स्थानिय कलाकारहरुकाे प्रस्तुति र बिद्यालयका साँस्कृतिक कार्यक्रमहरु रहने छन र फागुन १६ गते बिहान १० बजे बिबिध साँस्कृतिक प्रस्तुति कार्यक्रम छलिया र नृत्य कार्यक्रमहरुका साथै कार्यक्रमकाे समापन हुने आयाेजकले जनाएकाे छ साथै यश महाेत्सवलाई सभ्य र भव्य मनाउन ताेकिएका ४ किल्ला पु्र्वमा बिरा बगर ,पश्चिमममा झापा, उत्तरमा खिरातडी दक्षिणीमा डाैडेक भित्र मादक पदार्थ सेवन गर्ने गराउने र बिक्रीवितरण गर्न प्रतिवन्ध लगाएकाे छ ।
बुंगल नगरपालिकामा फागुन १३ गतेदेखि बुंगल सांस्कृतिक महोत्सव २०८१ आयोजना हुने

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन












