बझाङ – पाँच वर्षे परियोजनाको अन्तिम रेखा सर्वेक्षण तालिम सुरु भएकाे छ ।वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज, र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना,” बाल संरक्षण परियोजना, गुणस्तरीय शिक्षा परियोजना तथा स्पोन्सर परियोजनाको अन्तिम रेखा सर्वेक्षण तालिम आजबाट सुरु भएको हाे।
उक्त तालिममा २० जना गणकलाई प्रशिक्षण दिइने छ। तालिम पश्चात, गणकहरूले परियोजना लागू भएका क्षेत्रहरूमा गएर पाँच वर्षको अवधिमा परियोजनाले पुर्याएको प्रभाव, प्राप्त उपलब्धि तथा सुधार आवश्यक पक्षहरूको समीक्षा गर्ने छन्। यस अध्ययनले आगामी परियोजना तथा योजनाहरूलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।
सर्वेक्षणमार्फत परियोजनाबाट जनताले पाएको लाभ, विकासमा परियोजनाले पुर्याएको योगदान, बालबालिकाको समृद्धिमा परेको प्रभाव, महिलाको नेतृत्व क्षमता बिकास, आय आर्जनमा तथा पोषणमा भएको सुधारको मूल्यांकन गरिनेछ। साथै, यस तालिमले सहभागीहरूको क्षमता विकास गर्ने र परियोजनाको वास्तविक उपलब्धि आंकलन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पाँच वर्षे परियोजनाको अन्तिम रेखा सर्वेक्षण तालिम सुरु

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन












