चाैडल्ली आभारभुत स्वास्थ्य केन्द्रमा गर्भवती महिलाहरुका लागि १ दिने निशुल्क ग्रामीण अल्ट्रासाउन्ड भिडियो एक्स-रे कार्यक्रम सम्पन्न ।

Image

बझाङ – केदारस्युँ गाउँपालिका वडा नम्बर ५ मा रहेकाे चाैडल्ली आभारभुत स्वास्थ्य केन्द्रमा गर्भवती महिलाहरुका लागि १ दिने निशुल्क ग्रामीण अल्ट्रासाउन्ड भिडियो एक्स-रे कार्यक्रम सम्पन्न भएकाे छ । केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखाको आयाेजनामा गर्भवती महिलाहरुका लागि सञ्चालन गरेकाे उक्त कार्यक्रम आज सम्पन्न भएकाे छ । गर्भवती महिलाहरुलाई लक्षित गरि सञ्चालन गरिएकाे उक्त कार्यक्रममा १४ जना गर्भवती महिलाहरुकाे भिडियाे एक्सरे गरिएकाे केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अम्मर राज बिस्टले जानकारी दिएका छन । स्वास्थ शाखा प्रमुख बिष्टका अनुसार यस अघी भाड्सैन आधारभुत स्वास्थ्य इकाई  , भामचौर स्वास्थ्य इकाई  र केदारस्युँ ८ लोतुमा उक्त कार्यक्रम सम्पन्न भइसकेकाे र अब लगत्तै भाडिकाेट स्वास्थ्य केन्द्र भाडिकाेटमा उक्त कार्यक्रम गरिने छ ।

प्रतिक्रिया जनाउनुहाेस्