बझाङ – बझाङकाे केदारस्युँ गाउँपालिकामा शारीरिक अपांगता सहायक शिविर सञ्चालन हुने भएको छ । प्रगतिशील युवा समाज ,वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र केदारस्यूँ गाउँपालिकाको सहकार्यमा शारीरिक अपांगता सहायक शिविर सञ्चालन गरिन लागेको हो । यहि मिति २०८१ माघ ४ गते बाट सञ्चालन हुने शिविरमा केदारस्यूँ गाउँपालिका भित्र रहेका सम्पूर्ण अपांगता भएका व्यक्तिहरुको अवस्था पहिचान गरिनुका साथै अवस्था विष्लेशण सहायक सामग्री वितरण तथा पुनःस्थापना गर्नका लागि शारीरिक सामाग्री चेक जाँच हुने छ । शिविरमा सेवा लिन केदारस्यूँ गाउँपालिका भित्र बसाेवास गर्ने सम्पूर्ण लाभग्राहिहरुलाई तोकिएको मिति र समयमा आएर सेवा लिन सक्ने गाउँपालिकाले निकालेको सुचनामा उल्लेख गरिएको छ । शिविरको पहिलो दिन अर्थात यहीँ माघ ४ गते विहान १० बजे देखि दिउँसो ३ बजे सम्म केदारस्यूँ गाउँपालिका वडा नं ६ को आधारभूत स्वास्थ्य ईकाई भाड्सैनमा शिविर सञ्चालन हुने छ । त्यस्तै माघ ५ गते केदारस्यूँ गाउँपालिका वडा नं ८ को वडा कार्यालय टुडिखेलमा र माघ ६ र ७ गतकेदारस्यूँ गाउँपालिकाकाे सभाहल देउरामा शिविर सञ्चालन हुने भएको छ ।
केदारस्युँ गाउँपालिकामा शारीरिक अपांगता सहायक शिविर भाेलिदेखी सञ्चालन हुने

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन
