बझाङ – बझाङको बुंगल नगरपालिका ७ मा रहेको सानिगाड लघु जलविद्युतको मेसिनमा केही समस्या हुदा एक हप्ता देखि बन्द भएको छ । मेसिनको मेन फिता टुट्दा विद्युत बन्द भएको हो । मेसिनमा जडानहुने मेन फिता नेपालको विद्युत कम्पनीमा नबन्ने भएका कारण विद्युत बन्न अझै एक महिना लाग्न सक्ने लघु जलविद्युतका अप्रेटर जनक बोहराले जानकारी दिनुभएको छ । सुइजरल्यान्ड कम्पनीमा पनि बनेको फिता नपाईने र फिताको लागि कुरा गर्दा फिता बन्न करिब एक महिना जति समय लाग्ने कम्पनीले बताएको छ। मेसिनको फिता नेपालमा नबन्ने भए पछि फिताको लागि सुइजरल्यानड विद्युत कम्पनीमा कुरा भइसकेको अप्रेटर बोहराले बताउनुभयो । उक्त विद्युत मर्मतको लागि वडा नम्बर ७ का वडा अध्यक्ष टंक प्रशाद जोशीले ५० हजार रुपैयाँ दिनु भएको छ । उक्त बिधुत वडा नम्बर ७ र ८ गरि दुवै वडाको सहमतिमा मर्मत गर्ने ७ नम्बरका वडा अध्यक्ष जोशीको भनाइ छ । गत वर्ष देखि महसुल उठाउन छोडेको हुँदा विद्युत मर्मत गर्न आफुँहरुसँग पैसा नभएको विद्युतका म्यानेजर नवराज जोशीले बताए ।वडाले जनतालाई निशुल्क वत्ति दिने र विद्युतका कर्मचारीहरु लाई तलब दिने निर्णय गरे पछी महसुल उठाउन छोडेको उनले बताए । अहिले मेसिनको फिता बनाउन वडा नम्बर ७ ले ५० हजार रुपैयाँ पठाई सकेको र बाँकि ७ र ८ नम्बरको सहमतिमा नयाँ फिता ल्याउने निर्णय भएको छ । उक्त मेसिनको फिता खरिद गर्न करिब १ लाख ३५ हजार रूपैया बराबरको खर्च लाग्ने भएकोले वडा नम्बर ७ ले मात्रै नभ्याउने हुँदा दुबै वडाको उक्त निर्णय भएको हो ।उक्त विद्युत् बन्द हुदाँ बुंगल नगरपालिका वडा नं ६,७ र ८ का १ हजार २ सय ६५ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत सेवा अवरुद्ध हुदा त्यस क्षेत्रमा सञ्चालन गरेका साना तथा मझौला कलकारखाना , कुटानि,पिसानि गर्ने मिल सङ्गै मोबाइल चार्ज लगायतका अन्य सबै सेवा हरुमा समस्या भएको स्थानीयहरु ले बताएका छन्
बुंगल नगरपालिका ७ मा रहेको सानिगाड लघु जलविद्युतको मेसिनमा समस्या हुँदा एक हप्ता देखि बन्द ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन












