सपना खाती,बझाङ ।
बुंगल नगरपालिका वडा नम्बर ८ मा रहेको कफलसेरी स्वास्थ्य चौकिमा गर्भवती महिलाहरुको लागि ग्रामिण अल्ट्रा साउन्ड शिविर सञ्चालन हुने भएको छ ।बुङगल नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा र कलफसेरी स्वास्थचौकिको समन्वयमा यहि मंसिर १४ गतेबाट १५ गते सम्म ग्रामिण अल्ट्रा साउन्ड शिविर सञ्चालन हुने भएको हो । गत वर्ष को असार सम्म सन्चालन हुने भनिएको भए पनि विविध कारणबस गत बर्ष शिविर सन्चालन हुन नसकाले यो बर्ष मंसिर महिनाको १४ गतेबाट हरेक महिनाको १४ गते देखि १५ गते सम्म सन्चालन हुने कफलसेरी स्वास्थ्यचौकि ईन्चार्ज शिवराज खडायतले जानकारी दिनुभयो । गर्भवती महिला हरुको भिडियो एक्सरे गरी गर्भावती अवस्थामा हुने जटिलता समयमै पत्ता लगाई अन्य ठाउँमा रिफर गर्ने , स्वास्थ्य अवस्थालाई ध्यानमा राखी , पेटको बच्चा र आमा दुबैको अवस्था कस्तो छ भनि जाँचबुझ गर्ने उक्त शिविरको उदेश्य रहेको छ । शिविर बुङगल नगरपालिका मा रहेका ३ ओटा स्वास्थ्य चौकी बाट प्रत्येक महिनाको १२ गते बाट १५ गते सम्म सञ्चालन हुने र २ वटा स्वास्थ्य चौकीमा दिनहु सेवा सञ्चालन हुने बुङगल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कलक बहादुर बोहराले बताउनुभयो ।
कफलसेरी स्वास्थ्य चौकिमा गर्भवती महिलाहरुको लागि ग्रामिण अल्ट्रा साउन्ड शिविर सञ्चालन हुने

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन












