केदारस्यु गाउँपालिकामा डिजिटल बजार र वित्तीय साक्षरता कक्षा सुरु

Image

सपना खाती,बझाङ ।
बझाङको केदारस्यु गाउँपालिकामा डिजिटल बजार र वित्तीय साक्षरता कक्षा सञ्चालन सुरु भएको छ । केदारस्यु गाउँपालिका वडा नम्बर २, ३, ६, ७, र ८ मा दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा सञ्चालन सुरु भएको छ।

१० वटा उत्पादक समूहलाई लक्षित गर्दै दुई महिनासम्म सञ्चालन हुने उक्त कक्षाको सुरुवात गरेको हो। परियोजना संयोजक रमेश बहादुर मालीका अनुसार, यो कक्षाले उत्पादनशील समूहलाई डिजिटल बजारसँग जोड्ने र वित्तीय व्यवस्थापनका आधुनिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ।
साथै डिजिटल साक्षरताले ग्रामीण क्षेत्रमा डिजिटल प्रविधिको उपयोग र वित्तीय पहुँचलाई सुदृढ गर्दै उत्पादकहरूको जीवनस्तर उकास्न मद्दत पुर्याउने अपेक्षा समेत गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन