सपना खाती,बझाङ । बुंगल नगरपालिका २ मा रहेको एक बिद्यालयको भवन भत्किदा बिद्यार्थीको पठनपाठनमा समस्या भएको छ । बुंगल नगरपालिका २ बमोरमा रहेको भुमेस्वरी आधारभुत बिद्यालयको भवन भत्किदा बिद्यार्थीको पठनपठनमा समस्या भएको हो । २०७७ सालमा आएको अभिरल बर्षाका कारण उक्त बिद्यालयको भवन भत्किएको थियो । करिब ५ बर्ष पुग्दा पनि जनप्रतिनिधिहरु लगाएत कुनैपनि सरोकारवाला निकायले उक्त भवन निर्माणको बिषयमा चासो नदिएको त्यहाँका स्थानियले गुनासो गरेका छन ।
उक्त भवनको बिषयमा धेरै चोटि वडा देखि नगर सबै स्थानिय तहलाइ पटक पटक गुहार्दा पनि कुनै चासो नदिएकको र बर्षायाममा पनि चुहिने भवनबाट पठनपाठन गर्नु पर्ने र हिउँदमा झनै चिसोयाममा पठनपाठन गर्नु पर्ने अबस्था रहेको त्यहाँका स्थानिय हर्क धामीले बताउनुभयो । अरु भवनको पनि अबस्था नाजुक रहेकोले भौतिक अबस्थामा बिद्यालयको संरचना नहुदा बिद्यार्थीको पठनपाठनमा समस्या भएको स्थानिय धामीले बताउनुभयो ।