सपना खाती,बझाङ ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा केदारस्यु -६ मा बाल विवाह विरुद्ध विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
केदारस्यु गाउँपालिका वडा नं। ६ को आयोजनामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा दलित सहयोग समाज र प्रगतिशील युवा समाजद्वारा सञ्चालीत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र बाल संरक्षण परियोजनाको समन्वयमा बाल विवाह विरुद्ध विद्यार्थीको भूमिकाू विषयक वक्तृत्वकला प्रतियोगिता, कला प्रदर्शन, र बाल विवाह तथा बाल हिंसा सम्बन्धी सडक नाटक गरि उक्त कार्यक्रमको आज समापन गरिएको छ ।
वक्तृत्वकला प्रतियोगितामा चार विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए। चन्द्रोदय माध्यमिक बिद्यालयका छात्र मिलन गुर्धामी , प्रथम केदार आधारभूत बिद्यालयकि छात्रा सरस्वती गुर्धामी दृितिय सरस्वती आधारभूत बिद्यालयका छात्र सुशील धामी तृतीय र भुमीदेब आधारभूत बिद्यालयकि छात्रा फुलहरी कुमारी धामीले सान्वान स्थान हाँसिल गर्नुभयो ।
उक्त कार्यक्रममा लोकदोहरी गित प्रतिस्ठान केन्द्रका कलाकारहरूले सडक नाटक मार्फत बाल विवाहका असरहरूका बारेमा प्रस्तुत गरेको सडक नाटकले बाल विवाहका कारण हुने सामाजिक, शारीरिक, र मानसिक असरहरूलाई प्रभावकारी रूपमा देखाएको थियो।
चन्द्रोदय मा। वि का प्र।अ जनक धामीले बालबालिकाहरु भविष्यका कर्णधार हुन भन्दै बाल विवाह जस्तो कुरीतिको अन्त्य आवश्यक रहेको र यस्ता कार्यक्रमहरूले ठूलो टेवा पुर्याउने बताएका थिए।
दलित सहयोग समाजका परियोजना संयोजक रमेश बहादुर मालीले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज, र प्रगतिशील युवा समाजले बाल समृद्धिलाई प्राथमिकता दिएको बताउँदै बालबालिकाको अधिकार सुनिश्चित गर्न निरन्तर काम गरिरहेको बताए।
कार्यक्रमको समापनमा वडाअध्यक्ष विजय धामीले यस्ता कार्यक्रमले बालबालिकालाई समयमै बाल विवाहका हानिहरू बुझ्न र व्यवहारमा लागू गर्न मद्दत गर्ने बताए। उनले कार्यक्रमको समन्वय गर्ने संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगात्मक गतिविधि भविष्यमा पनि निरन्तरता दिन आग्रह गरे ।
उक्त कार्यक्रममा केदारस्युँ गाउँपालिका वडा नं। ६ का वडाअध्यक्ष विजय धामी , वडा सदस्यहरू, दलित सहयोग समाजका परियोजना संयोजक रमेश बहादुर माली, चन्द्रोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक जनक धामी, दलित सहयोग समाजका लेखा तथा प्रशासन अधिकृत विजय राज जोशी, प्रगतिशील युवा समाजका फिल्ड परिचालक गीता चन्द मल्ल र कल्पना नेपाली, वडा नं। ६ का शिक्षक(विद्यार्थी, अभिभावक, र कलाकारहरूको उपस्थिति रहेको थियो।