बैतडी । त्रिभुवन विश्वविद्यालयले पछिल्लो समय स्वबियु निर्बाचनको मिति घोषणा गरेसँगै बिद्यार्थी संगठनहरु स्वबियु निर्बाचनमा होमिएका छ्न् । त्यस्तै सेटि गाउँ बहुमुखी क्याम्पसमा पनि निर्वाचनको माहोल तात्दै गएको छ । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) सेटि गाउँ बहुमुखी क्याम्पसले पनि आफ्नो क्रियाकलाप बढाउँदै गएको र यसपालि आफुहरुले जित्नेमा विश्वस्त रहेको त्यहाँका बिद्यार्थी नेताहरुले जनाएका छ्न् ।
सेटिगाउँ बहुमुखी क्याम्पसमा स्वबियु सभापतिको उम्मेदवारहरुको चर्चा हुँदै गर्दा सेटि गाउँ बहुमुखी क्याम्पसमा आशिष् मालको नाम पनि चर्चामा रहेको कुरा धेरै जना विद्यार्थीहरुले बताएका छ्न् । माल गोकुलेस्वरका स्थानीय पनि हुन लामो समय सम्म पत्रकारिता हुँदै राजनीतिमा पनि काम गरेका विद्यार्थी नेता हुन् । उनी विद्यार्थीबीच निकै नै नजिक रहेर विधार्थीका मागहरु सम्बोधन गराउन क्याम्पस प्रसाशनलाई बेला बेलामा घच घचाइ राख्ने बिद्यार्थीहरुको हक र अधिकारको लागी सधै भरी अग्र पन्तिमा लाग्ने एक साहसी बिद्यार्थी नेता रहेको सेटि गाउँ बहुमुखी क्याम्पसका बिधार्थी नेताले जनाएका छ्न् ।
विद्यार्थी नेता माल भन्छन्, “स्वबियु निर्बाचन भनेको मिनि सँसदीय दलको चुनाब भएको र यसलाई संगठन र आफुले निकै नजिकबाट महत्त्वका साथ हेरेको कुरा बताएका छन् । उनले आन्दोलनबाट भएका उपलब्धिहरूलाई संस्थागत गराउन स्वबियुको चुनाब अति आवश्यक रहेकाे र विगत लामो समयदेखि स्वबियु निर्बाचन नहुनाले विद्यार्थीका हकहितका कुराहरुको राम्रोसँग सम्बोधन नभएको र यसले गर्दा विद्यार्थी राजनिति माथि नै प्रश्न खडा भएको कुरा बताएका छन् ।
उनले आफुहरुले सेटिगाउँ बहुमुखी क्याम्पसमा विद्यार्थीका हक र हितकालाई ध्यानमा राखेर सधैँ लड्ने प्रतिवद्धता जनाएका छ्न् । उनले अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)ले सेटिगाउँ बहुमुखी क्याम्पसमा निर्वाचन जितेको खण्डमा पढाइमा आमूल परिवर्तन र क्याम्पसलाई देशको नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । आउँदै गरेको स्वबियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी लाई सहयोग गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् ।