बाजुरामा अनेरास्ववियुद्धारा मंगलबार पनि यातायात, शैक्षिक संस्था, बजार र कार्यालय बन्द

Image

बाजुरा- नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले  यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय आज पनि बन्द गरेकाे छ ।अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीका हत्यारालाई महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेकाे भन्दै बाजुरामा ४ गते देखी यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएकाे अनेरास्ववियुका लक्ष्मण राेकायाले बताएका छन् ।

चेतन ऐडीको न्यायको लागि ३ गतेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालको लागि बन्द गरेकाे थियाे । चेतनकाे न्यायकाे पक्षमा गरेकाे याे आन्दोलनलाई सम्पूर्ण बाजुरा वासीहरूले सहयोग गरिदिन अनेरास्ववियु बाजुराले आग्रह गरेकाे छ ।गएकाे मंसिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनलाई काँग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर बीभत्स हत्या गरेकाे भन्दै चेतनका बुवा गगन अयडीले २२ जना विरूद्व जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने जाहेरीमा नाम उल्लेख भएका २२ मध्ये १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बताएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन