बैतडीमा शिक्षक मृत्यु प्रकरण : स्थानीय र विद्यार्थीद्वारा दशरथचन्द राजमार्ग अबरुद्ध

बैतडी । बैतडीको सर्नुया गाउँपालिका २ ग्वानी घरभई २०४८ सालदेखि पाटन नगरपालिका ६ को कृष्ण माध्यामिक बिद्यालयमा अध्यापन गराउदै आएका शिक्षक धन बहादुर बिष्ट मृत्यु प्रकरणमा आफन्तले दशरथचन्द राजमार्ग अबरुद्ध पारेका छन् । सुर्नया २ मा रहेको नेपाल राष्ट्रिय माध्यिामिक बिद्यालयका विद्यार्थी तथा सुर्नया २ का स्थानीयहरुले दशरथचन्द राजमार्ग अबरुद्ध पारेका हुन् । सुर्नया २ को सिउडेमा उनिहरुले आज बिहानैदेखि राजमार्ग अबरुद्ध पारेका हुन् ।

यसैगरी प्रशासनलाई मृतक शिक्षकका आफन्तले आजसम्मको मौखिक अल्टिमेटम दिएका छन् । आज दिउसोसम्म ठोस अनुसन्धान गरी चित्त बुझ्दो जवाफ नआएमा आन्दोलन चर्काइने बताएका छन् । मृत्यु भएको ४ दिनसम्म पनि मृत्यु प्रकरणको कुनै ठोस जवाफ नआएको भन्दै आफन्तले शव समेत बुझेका छैनन् ।

शिक्षक मृत्यु प्रकरणमा  हत्याको आशंका ब्यक्त गर्दै बिभिन्न शिक्षक संगठनहरुले समेत आन्दोलनको तयारी थालेका छन् । नगरपालिकाका सबै बिद्यालय आज बन्द गरिएको छ । शनिबार दिउसो शिक्षक बिष्ट विद्यालयको छात्रबास नजिकै मृत फेला परेका थिए ।

Loading...