Jayaprithvi Municipality

काशिराम रिमालका ७ मनछुने मुक्तकहरू

✍️ काशिराम रिमाल - अछाम

मुक्तक

१)
कसैसँग पनि हात पात, गर्दै नगर ।
सक्छौ सहयोग गर घात, गर्दै नगर ।
म हरेक बिभागबाट पिडित मान्छे ,
भयो तिमी प्रेमका बात, गर्दै नगर ।

२)
डुबाइ राख गहिराइमा ताल, बनेर आउ ।
फसाइ हाल पिरतीमा जाल, बनेर आउ ।
तिमी बिना यो दुनियाँ अध्यारो लाग्छ ,
बरु लैजाउ एकान्तमा काल, बनेर आउ ।

३)
भत्किएको थियो घर धुरी ,पढ्ने बेलामा ।
हुनेहरुकै हुन्थ्यो चुरीफुरी, पढ्ने बेलामा ।
यो उच्च शिक्षा पनि कसरी हासिल गर्नु ,
मैले गर्नै पर्दथ्यो मजदुरी , पढ्ने बेलामा ।

४)
मान्छेहरुका पनि अनेकौं चित्र, हुन्छन् ।
कोही आँखामा कोही दिलभित्र ,हुन्छन् ।
यो जिन्दगीको सफरमा एक्लै हिड्नु पर्छ ,
न यहाँ आफन्त हुन्छन् न त मित्र, हुन्छन् ।

५)
बरु जतिसुकै परोस् पिर, बदल्नु पर्ने ।
हिम्मत बनाइकन आखिर,बदल्नु पर्ने ।
यी देवतालाई पुजेर केही हुदैन रहेछ ,
संघर्ष गरेरै हो यो तक्दिर् बदल्नु पर्ने ।

६)
टाढै बस नजिक आउने ,कुरै नगर ।
यो हातमा हात थमाउने, कुरै नगर ।
संघर्षमै बितिसक्यो आधा जिन्दगी ,
भयो तिमी मोहनी लाउने ,कुरै नगर ।

७)
हातमा कलम कापी समाउने, बेलामा ।
ज्याला गर्नु परेको हो रमाउने, बेलामा ।
मैले मनभित्रका सबै रहर त्यागेको हुँ ,
जब आमा थला परि छट्पटाउने, बेलामा।

लेखक रिमाल अछामको ढकारि गाउँपालिका-१ का हुन,
उनी लामोसमयदेखि साहित्य लगायत अन्य विषयमा कलम चलाउँदै आएका छन ।

यदि तपाइलाई पनि लेख रचना र समाचार प्रकाशित गर्नु परेमा सम्झनु होला गणतन्त्र आवाज डटकमलाई , हामी प्रकाशित गरिदिने छौ तपाईका लेखक रचना र समाचारलाई ।
लेख,रचना र समाचार पठाउनका लागि
mail:- [email protected]

 

 

Durgathali
Bithadchir 2
Jayapirthive MP
Loading...