भावना भन्छिन् मुक्तकबाटै , दुखेको छ बेस्सरी मेरो मन खुसी हुनु तिमी

Image

✍️ भावना बिष्ट- अछाम !

              मुक्तक
१)
दुखेको छ बेस्सरी मेरो मन खुसी हुनु तिमी।
म भन्दा त्यो दिलमा अर्कै छन् खुसी हुनु तिमी।
बधाई दिए फेरि पनि सुखमय जीवन बितोस्,
जाने बेलामा सुनिदेउ एकवचन खुसी हुनु तिमी

२)
जता पल्टायो उता पल्टिनु पर्ला फेरि।
धेरै उम्लेको दुधझै पोखिनु पर्ला फेरि।
त्यो जोवन र रुपको घमण्ड नगर्नु हेर,
कुनै दिन धुलो झै पैतालामा कुल्चिनु पर्ला फेरि ।

३)
आँसुले भिजेका आँखामा पानी कति लाउने।
आफ्नै जीवनको अरुलाई दानी कति लाउने।
जब केही कत्ति पनि आम्दानी हुदैन भने,
ऋण काढेर महंगो लगानी कति लाउने।
४)
बेखबर छु मम्मी बुबा अनि गाउँघर सित।
के सोधेछ आखिर खोलाले त्यो बगर सित।
इच्छा चाहनाहरु कठघरामा राखी आज,
साइनो जोड्दै छु अपरिचित शहर सित।।

५)
कति पनि खेर पर नपर्ने कुरा हजुरको।
जति बोल्यो धित नमर्ने कुरा हजुरको।
लिदा परिक्षा नतिजा माथि जान्छ होला,
तल जे गरेनि झर्दै नझर्ने कुरा हजुरको।

लेखक बिष्ट अछामकी हुन।
उनी लामोसमयदेखि साहित्यमा कलम चलाउँदै आएकी छन ।

यदि तपाइलाई पनि आफ्नो लेखहरू यसरी नै प्रकाशित गर्नु परेमा सम्झनु होला गणतन्त्र आवाज डटकमलाई , हामी प्रकाशित गरिदिने छौ ।
लेख पठाउनका लागि
mail:- [email protected]

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन