ठूला नेताको जो नजिक थिए उनै हारे !

Image

बैतडी ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भएको मतदानमा अब ९ स्थानको मात्रै मत परिणाम आउन बाँकी छ । बाँकी निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । अहिलेसम्मको मत परिणाम हेर्दा प्रमुख दलका शीर्ष नेता नजिकका अनुहार पराजित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका गृहमन्त्री बालकृष्ण खाँण, महालक्ष्मी डिना उपाध्याय, उमाकान्त चौधरी पराजित भइसकेका छन् भने विजयकुमार गच्छदार एमाले उमेदवारभन्दा निकै पछि छन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिएका नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, महेश बस्नेत, निरुदेवी पाल, किरण पौडेल, राजन भट्टराई, विशाल भट्टराई, लेखराज भट्ट, प्रदिप ज्ञवाली, सुरेन्द्र पाण्डेलगायतका नेता पराजित भएका छन् ।

त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नजिक रहेका महासचिव देव गुरुङ, ऊर्जामन्त्री पम्फा भुसाल, मातृका यादव, बिना मगर, ओनसरी घर्तीलगायतका नेताहरु पराजित भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन