मन छुने पाँच मुक्तक

विना बुढाथोकी

मुक्तक
१)
सिजन अनुसार कपडा बदल्ने खल्तीमा दाम,थिएन ।
भने सोचे जति गर्नलाई त्यति सजिलो काम,थिएन ।।
थियाे केबल पिडाले भरिएको जिन्दगी झनै पिडामा ,
त्यसैले मेराे जिन्दगीमा खुसियालीकाे खाम,थिएन !!

२)
दिनै नपाई दुई चार शव्द सिदा,उज्यालो भए छ !
उहि पुरानै अतीतहरू सम्झिदा,उज्यालो भए छ!
गर्दा दुख सुखका कुरा समय बितेको पत्तै भएन,
हुन्छ पनि भन्न नपाई बिदा,उज्यालो भए छ !!

३)
टाउकाेमा नामलाे बाेक्न छुटेकाे,छैन अझै आमाकाे !
जति मनमा हुनुपर्ने हाे हर्ष फुटेकाे,छैन अझै आमाकाे!
बुढेसकाल लाग्दा पनि अझै उस्तै रहयाे संघर्षको यात्रा,
संघर्षबाट मुक्ति पाउने उपाए जुटेकाे,छैन अझै आमाको!!

४)
के सम्झिएर आँसु झर्‍यो,मेराे पत्तै भएन ।
खै कस्तो समय आई पर्याे,मेराे पत्तै भएन ।।
खुसी साट्ने आसै आसमा पिडाले घेरिदियाे,
कसले आँसुको भण्डार गर्याे,मेराे पत्तै भएन!!

५)
उकाली चढे ओराली झरे,केही भएनल।
गर्नलाई कामहरू सबै गरे,केही भएन ।
के गर्ने अब उपाए पैसा कमाउनलाई ,
पैसाकै निम्ति पूरा ज्यानै धरे,केही भएन!!

 

लेखक बुढाथोकी सिद्ध कुमाख गा.पा.१ उपल्लो बाँझकाँडा सल्यानकि हुन।
उनी लामोसमयदेखि साहित्यमा कलम चलाउँदै आएकी छन ।

यदि तपाइलाई पनि आफ्नो लेखहरू यसरी नै प्रकाशित गर्नु परेमा सम्झनु होला गणतन्त्र आवाज डटकमलाई , हामी प्रकाशित गरिदिने छौ ।
लेख पठाउनका लागि
mail:- [email protected]

janahit ma jari sandesh
Masta R.M
Loading...