रामप्रसाद पुरी- बादेल,खाेटाङ
गजल
तिम्रो र हाम्रो बीचको किन प्यार भएन ।
नाता साइनो भित्रकाे बाेल्दा यार भएन ।।
सत्य तथ्य नै बाेलेकाे भए त हुने थियो ।
वाक्य पिच्छे बाेल्दा हजुरको क्यार भएन ।
भरलाग्दाे प्रमाण भएकाे पाे राम्रो हाे त ।
तिम्रो प्रमाणकाे अहिले पत्यार भएन ।
मिलेपछि तारतुम्य मिलाएरै मिल्नु नि।
तिमी हामीमा संधैकाे च्यारच्यार भएन ।
फाइदामा मिल्नेहरू संधै मिलेकै राम्रो ।
नेताकाे हामीले सुन्दा ङ्यारङ्यार भएन ।
२)
जति हारे पनि स्वार्थमा जित छ मेरो
भित्र जे भए नि बाहिर पीत छ मेरो ।
आफन्तहरू सबलाई पुग्यो त अब,
अरु टुंगो लगाएँ बाँकी मीत छ मेरो ।
बाहिर बाेल्दा अरूसँग विरोध गरँ ,
जे बाेले पनि तिमीसँगै हित छ मेरो ।
सँगै बसी गरे भएका कामहरूकाे ,
केही बाँकी हिसाब तिमीसित छ मेरो ।
मेरा कुरा सुन्ने अरु काे छ र सुनाऊँ
अब एकै गाउन बाँकी गीत छ मेरो ।
लेखक पुरी खाेटाङका हुन ।
उनी लामोसमयदेखि साहित्यमा कलम चलाउँदै आएका छन ।
यदि तपाइलाई पनि आफ्नो लेखहरू यसरी नै प्रकाशित गर्नु परेमा सम्झनु होला गणतन्त्र आवाज डटकमलाई , हामी प्रकाशित गरिदिने छौ ।
mail:- bindasshibajimandel@gmail.com