धनगढी । सुदूरपश्चिम प्रदेश सभा कांग्रेस संसदीय दलले बिषयगत समिति सदस्य हेरफेर गरेको छ । आन्तरिक विवादले बिषयगत समितिहरुको काम कारबाही प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको बेला कांग्रेस संसदिय दलले बिषयगत समिती सदस्य हेरफेर गरेको हो ।
सार्वजनिक लेखा समितिका भरत बहादुर खड्का अर्थ विकास समितिमा परिर्वतन भएका छन्, भने लेखा समितिकै कर्ण मल्ल सामाजिक समितिमा परिर्वतन भएका छन् । यस्तै अर्थ विकास समितिका गोबिन्दराज बोहरा र सामाजिक समितिका दिल्लीराज पन्त लेखा समितिमा परिर्वतन भएका छन् ।
कांग्रेस संसदीय दलका नेता डा.रण बहादुर रावलले आपसी समझदारीमा जिम्मेवारी परिर्वतन गरिएको बताए । उनले कुनै आन्तरिक विवाद नभएको र एकअर्काको सहमतिमै हेरफेर गरिएको बताए ।
प्रतिक्रिया जनाउनुहाेस्