दार्चुलामा ६५ प्रतिशत मतदान, भोलि दिउँसोसम्म सबै मतपेटिका सदरमुकाम पुग्ने

बैतडी ।  आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत दार्चुलामा ६५ प्रतिशत मत खसेको छ । जिल्लाका सबैजसो ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आज महाकाली नगरपालिकाको मतपत्रमात्रै गणना स्थलमा पुग्ने र भोलि साेमवार दिउँसोसम्म सबै केन्द्रको मतपेटिका सदरमुकाम आइपुग्ने कार्यालयले जनाएको छ । सबैभन्दा विकट मानिएको अपि हिमालको थुम्पी मतदान केन्द्रको मतपत्र भोलि दिउँसोसम्म सदरमुकाम ल्याएर भोलि दिउँसोबाट मतगणना गर्ने तयारी रहेको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...