सागरको गुहार : हाम्रो मतपेटिका जोगाइदिनू

Image

बैतडी । डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको भन्दै बाटोमा लैजाँदा सुरक्षित ढंगले पुर्‍याउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा भिडियो गर्दै आफ्ना प्रतिनिधि नहुँदा बुथको बाकस असुरक्षित हुने बताएका हुन्।

उनले भनेका छन,‘नेपालीबासीलाई अनुरोध गर्छु,बुथको बक्स लानेमा मेरा प्रतिनिधि बक्ससँगै जान पाएका छैनन्,साथीहरूलाई छिर्न दिएको छैन,बुथको बाकस जोगाइदिनु पर्ने छ,कुनै कुनामा डडेलधुराका जनता हुनुहुन्छ होला,भिडियो गरिदिनुहोला,कहाँ गाडी रोकिएको छ,यसको पनि रेकर्ड गरेर हालिदिनु होला।’

उनले जिल्ला मुख्य निर्वाचन अधिकृतलाई फोन गरी यसबारे बुझ्दा पनि अधिकृतले सहमति अनुसार एक जना जान पाइने भने पनि प्रशासनले नदिएको उनको गुनासो छ। उनले डडेलधुरामा न्याय पाउन गाह्रो भएको बताए । उक्त क्षेत्रमा उनी  प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धी हुन्। 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन