साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात

Image

काठमाण्डौ  ; पन्ध्र वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बङ्गलादेशको ढाकामा आज बिहीवार भएको खेलमा भुटानलाई सात–शून्य गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।नेपालले खेलको पहिलो हाफमा चार गोल ग¥यो भने खेलको दोस्रो हाफमा अरू तीन गोल थप्यो ।

नेपालको जितमा वर्षा ओलीले चार, सुक्रिया मियाँले दुई र सेनु परियारले एक गोल गरिन् ।वर्षाले खेलको सुरुआती मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यस्तै उनले खेलको १७ औँ मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४ औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसैगरी उनले खेलको ३५ औँ मिनेटमा थप एक गोल गरिन् ।

नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५ औँ मिनेटमा र ७२ औँ मिनेटमा गोल गरिन् । त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५ औँ मिनेटमा एक गोल गरिन् । यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई आठ–शून्य गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन