बैतडी- नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले सरकारका गलत कामको भण्डाफोर संगीतका माध्यम बाट गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपाल बैतडीको प्रथम अधिवेशन लाई सम्बोधन गर्दै भण्डारीले एमाले सत्तामा हुँदा राम्रा कामको जनतालाई जानकारी दिने र नराम्रो कामको सङ्गीत मार्फत भण्डाफोर गर्नुपर्ने बताएका हुन् ।
धेरै कलाकार भएको बताउँदै भण्डारीले सबैलाई परिवर्तनको पक्षमा ल्याउनुपर्नेमा जोड दिए । कला भए पनि अवसर न पाएका मान्छेलाई समाजमा माथि उठाउन न सकेकै कारण उनीहरूको जीवनस्तर माथि न उठेको उनले बताए । उहाँहरूको जीवनस्तर माथि उठाउन एमाले निकटको जनप्रतिनिधिले काम गर्ने उनले बताए ।
भण्डारी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको आम निर्वाचनमा नेकपा एमालेका तर्फबाट बैतडीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्