समिर कठायत , बझाङमा जनशक्ति युवा क्लबको आयोजनामा JYC कप सिजन–२ बझाङ जिल्ला खुला वडा स्तरीय क्रिकेट प्रतियोगिता–२०८३ सञ्चालन हुने भएको छ। विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर क्रिकेट खेलको विकास, स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलकुदका माध्यमबाट आपसी भाइचारा, एकता र सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। जनशक्ति युवा क्लब, छबिसपाथिभेरा गाउँपालिका–२, मुम्लाको आयोजनामा सञ्चालन हुने प्रतियोगिता कात्तिक १० गते बिहान १० बजेदेखि सुरु हुनेछ। प्रतियोगिता छबिसपाथिभेरा गाउँपालिका–२, मुम्लास्थित रजन्तोला क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ८३ हजार ६०२ रुपैयाँ र द्वितीय हुने टोलीले नगद २६ हजार ६०२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
साथै म्यान अफ द म्याच र म्यान अफ द सिरिजको समेत व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले ५ हजार ६२० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। टोली दर्ता गर्ने अन्तिम मिति कात्तिक ९ गते साँझ ५ बजेसम्म तोकिएको छ। आयोजकले बझाङ जिल्लाभित्रका सम्पूर्ण इच्छुक क्रिकेट टोलीलाई प्रतियोगितामा सहभागी भई खेलको शोभा बढाउन अनुरोध गरेको छ। साथै खेलाडीहरूले आफ्नो जन्मदर्ता वा परिचय खुल्ने आधिकारिक प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने र एउटा वडाका खेलाडीले अर्को वडाबाट खेल्न नपाउने आयोजकले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























