बझाङको बुङ्गल नगरपालिका–११, बजारस्थित श्री भूमिराज आधारभूत विद्यालयका भूतपूर्व प्रधानाध्यापक धर्मानन्द जोशीले आफ्नो ७५औँ जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री तथा मिठाइ वितरण गर्नुभएको छ। बुङ्गल नगरपालिका–११, बाजरमा पुरानो घर तथा हाल कञ्चनपुरको बेदकोट नगरपालिका–३, भम्का निवासी जोशीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १०१ जना विद्यार्थीलाई करिब ६ हजार ५ सय रुपैयाँ बराबरका शैक्षिक सामग्री तथा मिठाइ प्रदान गर्नुभएको शिक्षक कृष्ण महराले जानकारी दिएका छन । आफूले विगतमा अध्यापन गराउनुभएका विद्यार्थीलाई आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको पूर्वप्रधानाध्यापक जोशीले बताउनुभएको छ। विद्यार्थीलाई शैक्षिक सामग्री तथा मिठाइ सहयोग गर्नुभएकोमा विद्यालय परिवारले भूतपूर्व प्रधानाध्यापक जोशीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा सुखमय जीवनको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गरेको छ।
पूर्वप्रधानाध्यापक धर्मानन्द जोशीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र मिठाइ वितरण

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन












