बझाङ । आफ्नो जन्मदिनको अवसरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बझाङ शाखा प्रमुख सरिता धामीले अनाथ तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । धामीले आज भदौ ११ गते आफ्नो २५औँ जन्मदिनको अवसर पारेर जयपृथ्वी नगरपालिका भुपुरस्थित सत्यवादी माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना बालबालिकालाई कापी, कलमलगायतका शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो।
जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको धामीले बताउनुभएको छ। धामीको स्थायी घर केदारस्युँ गाउँपालिका–७, बझाङ रहेको छ। जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने उहाँको कार्यको स्थानीयस्तरमा प्रशंसा गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























