मातृभूमि लघुवित्तद्वारा च्याउ खेती तालिम तथा बीउविजन वितरण कार्यक्रम सम्पन्न

Image

बझाङ — मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय स्याउले डडेलधुरा अन्तर्गत शाखा कार्यालय बिजगडाको आयोजनामा बाह्रदेउ महिला विकास केन्द्र तथा ज्याबन महिला विकास केन्द्रका सदस्यहरूका लागि च्याउ खेती सम्बन्धी तालिम तथा बीउविजन वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम हिजो (१३ गते) गिरौंमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा आयआर्जनका वैकल्पिक अवसर सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।

तालिम कार्यक्रममा बुंगल नगरपालिकाका कृषि प्राविधिक प्रेम कुँवरले च्याउ खेती गर्ने तरिका, आवश्यक सामग्री, व्यवस्थापन, रोग–कीरा नियन्त्रण तथा बजारिकरण सम्बन्धी व्यवहारिक जानकारी प्रदान गर्नुभएको थियो।

कार्यक्रममा शाखा कार्यालय बिजगडाका कार्यालय प्रमुख हरिलाल चौधरी, कर्मचारीहरू कमल विश्वकर्मा र सरस्वती देवी कार्की साथै चन्द्र माध्यमिक विद्यालय गिरौंका शिक्षक आनन्द बहादुर धामी लगायत २८ जना महिला तथा बाह्रदेउ विकास केन्द्र र ज्याबन महिला विकास केन्द्रका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रहेको बिजगडा शाखा कार्यालयले जानकारी दिएको छ।

कार्यक्रममा सहभागी महिलाहरूले च्याउ खेती तालिमबाट व्यवहारिक ज्ञान प्राप्त भएको र भविष्यमा व्यावसायिक रूपमा च्याउ खेती गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन्। मातृभूमि लघुवित्तले आगामी दिनमा पनि यस्ता आयमूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन