मष्टा गाउँपालिका–१ का जेन्जी युवाहरूद्वारा गाउँपालिका कार्यालयमा तालाबन्दी

Image

बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ का जेन्जी युवाहरूले जनसरोकारका समस्या दीर्घकालसम्म समाधान नभएको भन्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले सोमबार बिहानदेखि गाउँपालिकाको मुख्य ढोकामा तालाबन्दी गरी आन्दोलन थालेका हुन्।

युवाहरूले अघि सारेका प्रमुख मागहरूमा वडा नम्बर १ मा रहेको खानेपानीको गम्भीर अभाव तत्काल समाधान गर्नुपर्ने, कोटेदेवल गाउँदेखि लेकसम्मको सडक निर्माण गर्नुपर्ने, पातालगाडा–लेक जोड्ने झुलुङे पुल निर्माण गर्नुपर्ने, सहकारीमा देखिएका अनियमितताको छानबिन गरी रकम फिर्ता गरिनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने, कोटेदेवल र रानडा क्षेत्रमा विद्युत् सेवा विस्तार गर्नुपर्ने, साथै गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरी सुदृढ पार्नुपर्ने माग समावेश छन्।

६ बुँदे माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका युवाहरूका कारण गाउँपालिकाको दैनन्दिन प्रशासनिक कामकाज ठप्प भएको छ।
स्थानीयवासीहरूले पनि युवाहरूको माग जायज रहेको भन्दै गाउँपालिकाले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन