बित्थडचिरका विद्यार्थी तथा युवाले सात एजेन्डा सार्वजनिक गर्दै तत्काल कार्यान्वयनको माग

Image

बझाङ, बित्थडचिर गाउँपालिकाका विद्यार्थी तथा युवाको टोलीले गाउँपालिकाभित्र देखिएका बेथिति, भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्दै सुशासन, पारदर्शिता र जिम्मेवार प्रशासन सुनिश्चित गर्नका लागि ७ वटा प्रमुख एजेन्डा आज सार्वजनिक गरेको छ।

युवा तथा विद्यार्थीको टोलीले गाउँपालिकाका अध्यक्ष अम्मर सिंह महर, प्रमुख प्रशासकीय अधिकृत पदम राज उपाध्यायसहितका शाखा प्रमुख तथा कर्मचारीसँग भेट गरी एजेन्डा औपचारिक रूपमा पेस गरेको हो। छलफलमा शिक्षा, स्वास्थ्य, सुशासन, युवाको भविष्य, रोजगारी, महिला सशक्तिकरण, बालबालिकाको अधिकार र खेलकुद विकास प्राथमिकतामा राखिएका छन्।

सार्वजनिक गरिएका ७ प्रमुख एजेन्डा

१ .भ्रष्टाचार नियन्त्रण – विगतदेखि अहिलेसम्मका सबै आर्थिक हिसाब–किताब सार्वजनिक गर्दै अनियमितता, पक्षपात र भ्रष्टाचार अन्त्य गर्ने।
२. सुशासन – सबै निर्णयमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्ने।
३. युवा परिषद् गठन र कार्यक्रम – युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै उद्यमशीलता, सीप विकास, रोजगारी, खेलकुद र नेतृत्व विकासका लागि छुट्टै बजेट ल्याउने।
४. गुणस्तरीय शिक्षा र छात्रवृत्ति – आधारभूतदेखि स्नातक तहसम्म गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै ग्रामीण क्षेत्रमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्ने।
५. सरकारी सेवामा सहज पहुँच – ढिलासुस्ती र झन्झटपूर्ण प्रक्रिया अन्त्य गर्दै छरितो र द्रुत सेवा प्रवाह गर्ने।
६. शिक्षा क्षेत्रमा सुधार – विद्यालयमा हुने बिथिति, पक्षपात अन्त्य गर्दै शिक्षालाई नाफा होइन, धरोहरको रूपमा व्यवहार गर्ने।
७. स्वास्थ्य र सामाजिक सुरक्षा – स्वास्थ्य संस्थामा देखिने लापरबाही अन्त्य गर्दै सर्वसाधारणलाई गुणस्तरीय सेवा उपलब्ध गराउने। साथै, बालबालिका र महिलामैत्री कार्यक्रम ल्याउँदै खेलकुद पूर्वाधार र अवसर विस्तार गर्ने।

युवा प्रतिनिधि कपिल बिष्टले, हामीले अघि सारेका एजेन्डा केवल युवामात्रका लागि होइनन्, बालबालिका, महिला, अभिभावक र सम्पूर्ण समाजका लागि हुन्। यदि गाउँपालिकाले हाम्रो आवाजलाई सम्बोधन नगरेमा युवाहरू र विद्यार्थीहरू चुप लागेर नबस्ने चेतावनी दिनु भयो।”

आगामी कदम :
जनप्रतिनिधि र कर्मचारीसँगको भेटपछि केही दिनभित्रै युवा तथा विद्यार्थीको टोली र गाउँपालिकाबीच पुनः औपचारिक छलफल हुने र त्यहाँबाट ठोस कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन