वरिष्ठ पत्रकार राजु सुवेदीसहितका क्रियाशिल १५ पत्रकार यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार बाट सम्मानित भएका छन्।
प्रेस काउन्सिल नेपालले प्रत्येक वर्ष प्रदान गर्ने यस प्रतिष्ठित पुरस्कारबाट सुवेदीसहित १५ जना क्रियाशील पत्रकारहरू सम्मानित भएका हुन्।
प्रेस काउन्सिल नेपालको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा संचार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पत्रकारहरूलाई सम्मानित गरे।
समारोहमा पत्रकारिता क्षेत्रमै लामो समयदेखि क्रियाशील रही समाजलाई सुसूचित गर्ने कार्यमा योगदान पुर्याएका पत्रकारहरूको योगदानलाई सम्मान स्वरूप पुरस्कार प्रदान गरिएको हो।
राजु सुवेदीसँगै सम्मान प्राप्त गर्ने अन्य पत्रकारहरूमा विभिन्न राष्ट्रिय तथा क्षेत्रीय संचार माध्यममा कार्यरत पत्रकारहरू रहेका छन्। सम्मानित पत्रकारहरूलाई प्रमाणपत्र र नगद राशिसहित सम्मान गरिएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष, सञ्चार मन्त्रालयका पदाधिकारीहरू, सञ्चार माध्यमका प्रतिनिधिहरू तथा पत्रकार महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रेस स्वतन्त्रता, उत्तरदायित्वपूर्ण पत्रकारिता तथा तथ्यमा आधारित सूचनाको महत्वमाथि विशेष जोड दिइएको थियो।
























