बुंगल नगरपालिका–१ कचालिको सुर्मा देवी विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन

Image

बझाङ – बुंगल नगरपालिका–१ कचालिमा रहेको सुर्मा देवी आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ।

विद्यालयका निः वर्तमान अध्यक्ष करे बोहराको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्य समिति चयन गरेको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा महेन्द्र मा वि का निः वर्तमान अध्यक्ष नर बहादुर बोहरा सहभागी हुनु भएको थियो।

बैठकले धन बहादुर बोहरालाई विद्यालय व्यवस्थापन समितिको नयाँ अध्यक्ष चयन गरेको छ। सचिवमा जय बहादुर बोहरा चयन हुनु भएको छ भने सदस्यमा नर बहादुर बोहरा, महिला सदस्यमा गौमा देवी बोहरा गरी ९ सदस्यीय नयाँ समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक जय बहादुर बोहराले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा सर्वसाधारण गरी ८८ जनाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन