काठमाण्डाै – कोरोना भाइरसको महामारीका कारण स्थगित भएको इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज देखि सुरु हुँदै छ । गएकाे सिजनमा लिभरपुल प्रिमियर लिगको उपाधी जित्न सफल भएको थियो । नयाँ सिजनको पहिलो दिन आज चार वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार सवा ५ बजे पहिलो खेल फुलह्याम र आर्सनलका विच फुलह्यामको मैदानमा हुने छ । कोरोना भाइरसको महामारीका कारण नयाँ सिजन पनि बन्द रंगशालामै सुरु हुन लागेको हो । यसैगरी राती पौने आठ बजे क्रिष्टल प्यालेस र साउथ ह्याम्पटन राति सवा १० बजे लिभरपुल र लिड्स भिड्ने छन् ।
प्रतिक्रिया जनाउनुहाेस्