खेलाडीले म्याच फिक्सिङ नगरेको ठहर खेलाडी निर्दोष

काठमाण्डौ – म्याच फिक्सिङको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाइ दिँदै निर्दोष भएको ठहर गरेको छ । खेलाडीहरुमाथि सन् २००८ को मर्डेका कप, सन् २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा नै फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको खेलमा मिलेमतो गरेको आरोप लागेको थियो ।  नेपाल प्रहरीले २०७२ असोज २७ मा कप्तान सागर थापासहित विभागीय टोली नेपाल पुलिस क्लबका गोलकिपर रितेश थापा, मनाङ मर्स्याङ्दी क्लबका विकाससिंह क्षेत्री र थ्री स्टार क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक अञ्जन केसी र खेलाडी सन्दीप राईलाई खेल मिलेमतोको अभियोगमा पक्राउ गरेको थियो । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गएको असार २ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा  ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाइ पाएको उल्लेख छ ।

Loading...