स्पेनिस क्लब बार्सिलोना छोड्दै लियोनल मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले आफूले क्लब छाड्न चाहेको बताएका छन् । ३३ वर्षीय मेस्सीले क्लबले आफूलाई बाटो खुला गरिदिनुपर्ने बताएको बीबीसीले जनाएको छ । गएकाे जुनमा नै क्लब छाड्न चाहेको बताएका मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइलनमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएपछि फेरि क्लब छाड्न चाहेको बताएका हुन् ।

मेस्सीको मागबारे बार्सिलोनाको बोर्ड बैठकले निर्णय गर्नेछ । बोर्ड बैठकले मेस्सीको लागि बाटो खुला गर्ने संकेत दिएपछि नाउ क्याम्प बाहिर समर्थक भेला भएर बोर्डको विरोध र मेस्सीको समर्थनमा जुलुस निकालेका छन् । मेस्सीले सन् २०२१ सम्म बार्सिलोनामै रहनेगरी सात सय मिलियन युरोमा सम्झौता गरेका थिए । मेस्सीलाई अनुबन्ध गर्न इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेड, फ्रान्सेली क्लब पीएसजी र सिरी ए क्लब एसी मिलानले इच्छा देखाएका छन् । अनलाईन खबर

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन