क्यारेवियन प्रिमियर लिग सीपीएलमा जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले पराजित गरेको छ । नेपालका सन्दीप लामिछाने आवद्ध रहेको जमैका लाई वारियर्सले १ सय ९ रनको लक्ष्य दिएको थियो । जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटायो । जमैका का लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए ।
नेपालका सन्दीपले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । यस्तै फिडेल एडवार्ड र मुजीब रहमानले ३÷३ विकेट हात पारे । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनायो ।
प्रतिक्रिया जनाउनुहाेस्