भारतमा कोरोना संक्रमित हुनेको संख्या २७ लाख नाघ्यो

भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ५१ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८७६ जनाको मृत्यु भएको हो । अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको मुलुक हो । अहिलेसम्म भारतमा १९ लाख ७७ हजार ७८० जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

Bungal Purai
Bithadchir 2
Loading...