धनगढी : टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’ को सेमिफाइनल एपिसोडबाट सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रहेका आशिष महर बाहिरिएका छन् ।टीम प्रमोद खरेलबाट उत्कृष्ट ८ मा पुगेका आशिष आज शनिबार रातीको भ्वाइस अफ नेपाल-४ को सेमिफाइनल एपिसोड बाहिरिएका हुन् ।
अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा गित गाउदै चारै कोचलाई आफू तिर घुमाउदै महर ‘भ्वाइस अफ नेपाल-४’मा प्रवेश भए । ‘भ्वाइस अफ नेपालका हरेक एपिसोड्मा एकपछि अर्को दमदार प्रस्तुति दिदै दर्शक, स्रोताको मन जित्दै सेमिफाइनल पुग्न सफल भए । तर फाइनलमा भने कम भोट पाएर पुग्न सकेन्न ।
‘भ्वाइस अफ नेपाल-४’ को फाइनलमा टीम प्रमोद खरेलबाट योगेश मगर, टीम राजु लामाबाट करण राई, प्रविशा अधिकारीको समूहका शैल लिम्बु र टीम राजेशपायल राईबाट सविना योङहाङ लिम्बु फाइनलमा प्रबेश गरेका छन् ।‘भ्वाइस अफ नेपाल-४’ को फाइनल अर्को शुक्रबार हुनेछ ।