जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

Image

सुर्खेत : जाजरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट वडा न‌ं.४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खसेको स्थानीय रेशम खड्काले जानकारी दिए।

दुर्घटनामा तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा भएको उक्त दुर्घटनामा मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया जनाउनुहाेस्