आजको विदेशी मुद्राको विनिमय दर

56

एजेन्सी ;  नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ९८ पैसा र बिक्री दर १३० रूपैयाँ ५८ पैसा रहेको छ। युरो एकको खरिद दर १३४ रूपैयाँ ८२ पैसा र बिक्री दर १३५ रूपैयाँ ४४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ १७ पैसा र बिक्री दर १५६ रूपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Loading...