Jayaprithvi Municipality

आईपीएलमा राजस्थानले दिल्लीलाई हरायाे

काठमाण्डौ :  राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो ।

मुम्बईमा राजस्थानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर दुई सय सात रन मात्रै बनायो । उसका लागि ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए ।बलिङतर्फ राजस्थानका प्रसिद्ध कृष्णले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले जोस बटलरको शतक मद्दतमा दुई सय २२ रन बनाएको थियो ।

बटलरले एक सय १६ रन बनाए । उनले यो सिजनको आईपीएलका सात वटा खेलमा तीन वटा शतकसहित चार सय ९१ रन बनाइसकेका छन् ।यो आईपीएलमा सबैभन्दा धेरै रन बनाउने, सबैभन्दा धेरै शतक, सबैभन्दा धेरै चौकारछक्का लगायतका कयौँ रेकर्ड बटलरले बनाएका छन् ।

यस्तै, एकै सिजनमा सर्वाधिक शतकको रेकर्ड पनि बटलरकै नाममा दर्ता भएको छ । गएरातिको हारेको दिल्ली सात खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । उज्यालो

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...