म्यानमारमा सेनाकाे ज्याजती बढ्दाे, एकैदिन ३८ जना प्रदर्शनकारीकाे ज्यान गयाे

काठमाण्डाै – म्यानमारमा सेनाको ‘कू’ को विरोधमा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुँदै गएको छ । म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि गरिएको छ । तर अभियान्ताले भने अन्य ठाउँमा समेत गरी झडपमा ३८ जना प्रदर्शनकारीको ज्यान गएको बताएका छन् ।

सुरक्षाफौजले  प्रदर्शनकारीमाथि  गोली चलाएका र लाठी प्रहार गरेका बीबीसीले जनाएको छ । गएको फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२० जनाभन्दा धेरैको ज्यान गएको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...