बुङगल नगरपालिकामा नगरस्तरीय खेलकुद प्रतियोगिता हुदै: पुर्व मन्त्री सिंहले उद्घाटन गर्ने

बझाङ:- बझाङको बुङगल नगरपालिकामा नगरस्तरीय एथलेटीक्स तथा भलिवल खेलकुद प्रतियोगिता हुने भएको छ । बुङल नगर खेलकुद बिकास समितिको आयोजनामा “रास्ट्रका लागि खेलकुद! स्वास्थ्यका लागि खेलकुद!!“ भन्ने मुल नाराका साथ माद्यामिक बिद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको समितिले जनाएको छ । यहि चैत महिनाको ६ गते बाट सुरु हुने उक्त प्रतियोगिताको पुर्व युबा तथा खेलकुद राज्य मन्त्री नरेश बहादुर सिहले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको तरुण दल बुङगल नगरका अध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिए ।

खेलहरु वडा नं ३ खोल्लेकमा रहेको नवनिर्मित खेल मैदानमा हुने प्रतियोगितामा नगरभरिका माध्यामिक तह सम्मका विध्यार्थीहरु सहभागि हुन पाउने भएका छन । उक्त प्रतियोगितामा विभिन्न दूरीका दौड तथा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, ह्याम्वरस थ्रो, सटपुट भलिवल लगायत खेल हुने समितिका अध्यक्ष धनशेर ओखेडाले बताए । भएकाले सम्पुर्ण खेल प्रेमी खेलाडी दाजु भाइ तथा दिदी बहिनी हरुको गरिमामय उपस्थितिको लागि बुङल नगर खेलकुद बिकास समिती हार्दिक अनुरोध गर्द्छ ।

Loading...