बेइजिङ — चीनमा पानी र सलाइनलाई कोरोना भाइरसको खोपका रूपमा प्रयोग गरेर बिक्री गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कङ नाम दिइएका व्यक्ती रहेका छन । ती व्यक्तिले वास्तविक खोपको अनुसन्धान गरेपछि ५८ हजार नक्कली खोप बनाएर बिक्री गरेकाे र जसमध्य केही मात्रा खोप चीनबाहिर पनि तस्करी गरिएको जनाएका छन् । तर ती नक्कली खोप कुन देशमा पुर्याइयो भन्नेबारे केही उल्लेख गरिएको छैन् । हालसम्म नक्कली खोप बनाएको र बिक्री गरेको आरोपमा चीनमा कम्तीमा ७० जना पक्राउ परिसकेका छन् ।
नक्कली खोप निर्माण गर्ने र बिक्री गर्नेमाथि चीनले कडा कारबाही गर्ने जनाइरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको हो । यस्ता घटनाहरू सन् २०२० को अन्त्यतिर नै प्रकाशमा आएका भए पनि पछिल्ला साताहरूमा मात्रै विस्तृत जानकारी आएको हो । बेइजिङस्थित एक अदालतको आदेशअनुसार कङ र उनको समूहले कोरोना भाइरसको खोपका रूपमा पानी र सलाइन पानी बेचेर अगस्टयता मात्रै २७ लाख ८० हजार अमेरिकी डलर कमाएका छन् । त्यस्ता खोपहरु अन्य देशमा पठाउनुअघि ६ सय मात्र नोभेम्बरमा हङकङमा पठाइएको समेत बताइएको छ ।