भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । सिधी जिल्ला प्रशासनका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक नाबालक छन् । बस नहरमा खसेको थियो । स्थानीयका अनुसार दुर्घटनाबाट सातजनाको उद्धार गरिएको छ । बसमा कतिजना यात्रा गरिरहेका थिए भन्ने अझै यकिन भएको छैन । यसकारण मृतकको संख्या अझै बढ्न सक्ने प्रशासनले जनाएको छ । दुर्घटनामा परेकाहरूको खोजी तथा उद्धारका प्रयासहरू भइरहेको प्रशासनले जनाएको छ । दुर्घटना आज बिहान साढे सात बजेतिर भएको उल्लेख छ । प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले दुर्घटनाबाट पीडा भएको बताएका छन् । उनले भने, ‘यो दुर्घटनाबाट निकै नै पीडा पुगेको छ । पीडित परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् । हामी पनि दुर्घटनस्थलमा उद्धारमा लागिरहेका छौँ । कलेक्टर, कमिश्नर, एसपी र एसडिआरएफको टिम लागिरहेको छ ।