रोयल च्यालेन्जर्स बेङ्ग्लोरको चौथो जित, चेन्नई ३७ रनले पराजित

Image

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएरातीकाे खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चौथाे जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।जितसँगै बेङ्ग्लोर तालिकाको चौथाे स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठाै‌ँ स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्